काठमाडौँ। चलचित्र ‘एक्स नाइन’को छायांकन अन्यौलमा परेपछी अनमोल केसीले चलचित्र ‘हनी बनी’ साइन गरेका छन्। चलचित्रको निर्देशन दिवाकर भट्टराईले गर्नेछन्। त्यसैगरि चलचित्रको छायांकन लन्डनमा हुने जनाईएको छ।
चलचित्र ‘एक्स नाइन’का लागि अनमोलले जनवरी र फ्रेब्रुअरीको मिति छुट्याएका थिए। सोहि चलचित्रका लागि उनले ज्यान पनि बनाएका थिए। ‘हनी बनी’को निर्माण पक्ष र अनमोलबीच तीन दिनअघि आधिकारिक सम्झौता भएको बताईएको छ।
तर निर्माण पक्षले भ्यालेन्टाइनको दिन पोस्टर र टिजर सार्वजनिक गर्ने उदेश्यले अनमोलले चलचित्र साइन गरेको कुरा गोप्य राखेको छ।मार्चबाट छायांकन सुरु हुने भनिएको चलचित्रको बाँकी जानकारी केहि दिनमै आउने अपेक्षा गरिएको छ।