काठमाडौँ - अभिनेत्री नीता ढुङ्गाना र ज्योतिष हरिहर अधिकारीले मिलेर निर्माण गर्न लागेको फिल्म ‘ह्रस्व दीर्घ’मा अभिनेता सलोन बस्नेत अनुवन्धित भएका छन्।
चरित्र अभिनेताका रुपमा राम्रो परिचय बनाएका सलोनले यो फिल्ममा शीर्ष भूमिकामा रहने गरी नीता र हरिहरसँग कागजी सम्झौता गरेका हुन्। नीताले सलोनलाई आफ्नो फिल्ममा अनुबन्धित गर्न पाउँदा उत्साहित भएको बताएकी छिन्।
नीताको प्रोडक्सन हाउस ‘नीता फिल्मस्’को ब्यानरमा निमार्ण हुने ‘ह्रस्व दीर्घ’लाई चन्द्र पन्तले निर्देशन गर्ने छन्। द्वन्द्व निर्देशकका रुपमा चिनिएका चन्द्र यही फिल्मबाट फिचर फिल्म निर्देशनमा डेब्यु गर्न लागेका हुन्।
यो चलचित्रको छायांकन आगामी असारबाट सुरु हुने बताइएको छ। चलचित्र नेपाल, भारतको बनारस र युरोपका विभिन्न देशमा छायांकन हुनेछ।