सुगम हुँदै जोगबुढाका दुर्गम बस्ती

काठमाडौँ । डडेल्धुराको परशुराम नगरपालिका–७ सादनीका हर्कबहादुर बोहरा आइतबार बेलुकी सादनी खोलाको डिलमा अवस्थित चिया पसलमा भेटिए। 

सादनी खोलामा बनिरहेको मोटेरेव पुलको अवलोकन गरिरहेका उनी २०३८ सालमा दार्चुलाबाट डडेल्धुरा भित्री मधेशको सादनी बसाई सरी यहाँ आएका हुन्। उनले विगतका तुलनामा यहाँको बस्तीमा विकासले गति लिन थालेकाको भन्दै खुसी व्यक्त गरे। “बस्ती बस्न सुरु गर्दाका दुःख त अहिले शब्दले वर्णन गर्न सकिन्न।” उनले भने, “अहिलेको विकासको सुरसार हेर्दा पछिका सन्नतिलाई सुविधा गाउँघरमै प्रशस्त होला भन्ने आश छ।”

डडेल्धुरा सदरमुकामबाट परशुराम नगरपालिका कार्यालयबाट करिब ९० किलोमिटर दक्षिण परशुरामको नं ७ वडामा प्रवेश गर्ने मुख्य नाका रहेको सादनी खोलामा पक्की पुल निमार्ण हुन थालेपछि सादनी र मलास क्षेत्रका करिब ६०० घरधुरीलाई आवागमनमा सहज हुने भएको छ। “दार्चुलाबाट यहाँ आउँदा तोरी पेल्न दिनभरि लगाएर महेन्द्रनगर पैदल जान्थ्यौँ।” बोहराले भने, “अहिले त पुलपुलेसा, स्कुल, स्वास्थ्य संस्था बस्तीमै आए।”

उनले सादनी खोलामा विगतमा पुल नहुँदा स्थानीयले निकै सास्ती खेप्नुपरेको बताए। “अहिले पनि महाकाली नदीमा किस्ती, टियुव चडेर महाकाली तरेर किनमेलदेखि उपचारसम्मका लागि यहाँबाट भारतको टनकपुर जान्छौँ।” उनले भने, “कोरोना कहरपछि किस्ती चल्न सकेको छैन ।” उनले जिल्ला सदरमुकामसित दूरीका हिसावले टाढा रहे पनि भारतीय बजारसित निर्भर हुनुपरेको सुनाए। “विसं २०४५ यता महाकालीमा किस्ती चलेर भारत ओहोरदोहोर गर्न थालिएको हो।” उनले भने, “ पहिलोको भन्दा विकास भइरहेको भए पनि अझै बस्तीमा विविधकाले समस्या छन्।”

त्यसैगरी, सादनी खोलामा निमार्णाधीन पुल छेउमा व्यापारी गर्दै आएका सादनीका स्थानीय हरिश भण्डारीले विगत चार वर्षयता बस्तीमा विकास निमार्ण भइरहेको बताए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×