अवैध लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ

काठमाडौं - झापाको दमक नगरपालिका–३ वेलडागीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्रामसहित इलाम चुलाचुली गाउँपालिका–५ पोखरीडाँडा बस्ने २२ वर्षीय प्रदिप लिम्वु समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरी टोलीले उनीहरूलई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

मोरङको रंगेली नगरपालिका–५ सतारी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय ६० मिलिग्रामसहित सुनवर्षी नगरपालिका–९ डाईनिया बस्ने २२ वर्षीय संञ्जु कुमार मण्डललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले को.१ प ५७५५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक मण्डललाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

बाँकेको कोहलपुर नगरपालिका–११ रेडक्रस रोडबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्रामसहित सोही नगरपालिका–६ बस्ने २० वर्षीय सुरेन्द्र चौधरी समेत २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । 
यसैगरी बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम ३ सय ट्याब्लेटसहित मुगु सोरू गाउँपालिका–९ बस्ने २६ वर्षीय प्रकाश मान शाहीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज बाँकेबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । 

कास्कीको पोखरा महानगरपालिका–५ बस्ने १९ वर्षीय अमित परियार समेत ३ जनालाई अवैध लागूऔषध गाँजा करिब २ केजीसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी छोरेपाटनबाट खटिएको प्रहरीले स्याङ्जाबाट पोखरातर्फ जाँदै गरेको ग.१ ख २६७० नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×