प्रधानमन्त्रीसँग चिनियाँ उपमन्त्रीको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानले शिष्टाचार भेट गरेकी छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय हित र चासोका विविध वियषमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रुपक सापकोटाले जानकारी दिए ।।

उपमन्त्री हायान नेकपा (माओवादी केन्द्र) को औपचारिक निमन्त्रणमा शुक्रबार नेपाल भ्रमणमा आएकी हुन् । हेयान नेतृत्वको प्रतिनिधि मण्डल बंगलादेश हुँदै काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

प्रतिनिधिमण्डललाई विमानस्थलमा चिनियाँ राजदूतसहितले स्वागत गरे । त्यसक्रममा नेकपा (माओवादी केन्द्र) की नेतृ पम्फा भुसाल र नेता गणेश साह पनि उनलाई स्वागत गर्न विमानस्थल पुगेका थिए ।

आगामी आइतबार काठमाडौंमा चीन र नेपालको विकास र सहयोग सन्दर्भमा चीनको कम्युनिष्ट पार्टी (सिपिसी) का सदस्य तथा नेपालका राजनीतिक दलहरूबीच संयुक्त परामर्श सम्मेलनमा हुँदै छ । उनी माघ १४ गते हुने सो गोष्ठीमा समेत सहभागी हुने बताइएको छ ।

नेपालमा रहँदा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×