काठमाडौँ - नेपाली फिल्मका ब्यस्त लाइट म्यान लक्ष्मण खरेल दुर्घटनामा परेका छन्।
उनी एक म्युजिक भिडियो छायांकनका क्रममा आइतबार फपिङमा मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका हुन्।
दुर्घटनाका कारण खरेलको दुबै हात भाँचिएको र शरीर भरि चोटपटक लागेको छ। खरेलको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर जानकारी दिएका छन्।