सर्लाहीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

काठमाडौं । सर्लाहीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । भैरहवाबाट जनकपुर जाँदै गरेको लु १ ख ८८४८ नम्बरको बस पूर्व पश्चिम राजमार्गमा पर्ने बागमती नगरपालिका १ रायमाझी चोकमा दुर्घटना भएको हो । तीन जनाको मृत्यु भएको डीएसपी दीपक श्रेष्ठले जानकारी ।

दुर्घटनामा मृत्यु हुनेहरुमा रुपन्देही घर भएका हरिबहादुर चौधरी, रुपन्देहीकै ८५ वर्षीय दशरथ कुहार र रुपन्देहीकै मायादेवी गाउँपालिका २ का ५० वर्षीय रामकरण केवट रहेका छन् ।

दुर्घटनामा अन्य १७ जना घाइते भएका छन् । गम्भीर अवस्थाका पाँच घाइतेलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ भने अन्य घाइतेका स्थानीय अस्पतालहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । भारतीय ट्रकलाई ओभरट्रयाक गर्न खोज्दा बस दुर्घटनामा परेको बताइएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×