काठमाडौँ - जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका भू–भागमा सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहेको छ।
आज दिउँसाे सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बागमती र प्रदेश १ का पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन तथा चट्याङ् र असिनासहित हल्का वर्षाको सम्भावना रहेको छ।
साथै देशका उच्च पहाडी र हिमाली भू–भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेकोले छ।
आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, र गण्डकी प्रदेशलगायत बागमती र प्रदेश १ का पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली तथा अन्य भू–भागमा आंशिक बदली रहनेछ ।