अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा स्वीडेनको सहज जित

काठमाडौँ - स्वीडेनले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जित निकालेको छ। घरेलु मैदानमा स्वीडेनले १० खेलाडीमा समेटिएको अल्जेरियालाई २-० ले पराजित गरेको हो।

माल्मोमा शनिबार राति भएको खेलमा घरेलु टोलीको जितमा इमिल फोर्सवर्ग र भिक्टोर क्लाइसनले गोल गरेका थिए। खेलको ३४औं मिनेटमा रामी बेन्सेबैनी दोहोरो पहेलो बार्ड खाँदै मैदानबाट बाहिरिएपछि अल्जेरिया १० खेलाडीमा समेटिन पुग्यो।

त्यसको फाइदा स्वीडेनले उठाउन सफल भयो। पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा इमिल फोर्सवर्गले पेनाल्टीमा गोल गर्दै स्वीडेनलाई १-० को अग्रता दिलाएका थिए।

अहमेद टोउवाले पेनाल्टी बक्समा म्याटिएस भानवर्गलाई फउल गरेपछि प्राप्त पेनाल्टीमा फोर्सवर्ग चुकेनन्। ४७औं मिनेटमा भिक्टोरले गोल गदै स्वीडेनको जित पक्का गरे।दुवै टोली विश्वकपमा छनोट भएका छैनन्। अब अर्काे महिना स्वीडेन युरोकपमा तथा अल्जेरिया अफ्रिकन नेसन्स च्याम्पियनसिपमा होमिनेछ।

यस्तै टर्कीले चेक रिपब्लिकलाई २-१ पराजित गरेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×