थप २४ मा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ - देशभर पछिल्लो २४ घण्टामा थप २४ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय पाँच हजार ५८७ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो। योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७८ हजार ५२८ पुगेको छ। 

एन्टीजेन परीक्षण गर्नेको सङ्ख्या एक लाख ४० हजार १४४ रहेको छ। पछिल्लो समय थप ५१ जना निको भएका छन्। योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६५ हजार ७६५ पुगेको छ। निको हुने दर ९८ दशमलव सात प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको छ भने पछिल्लो २४ घण्टामा कसैको पनि ज्यान गएको छैन। सङ्क्रमणबाट हुने मृत्यु दर १.२ प्रतिशत रहेको छ। 

त्यसैगरी पछिल्लो समय १७ हजार ७५५ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ। हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ८१२ रहेको छ। अहिले होमआइसोलेसनमा ७७१ रहेका छन्। त्यसैगरी संस्थागत आइसोलेसनमा ४१ आइसियुमा १५ र भेन्टिलेटरमा दुई जनाले उपचार गराइरहेका छन्।  

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×