जर्मनीमा वृत्तचित्र ‘बुद्धिस्ट अल्टर’ देखाइने

काठमाडौँ - जर्मनीस्थित हुम्बोल्ट फोरम नामक संग्रहालयमा नेपाली नागरिक दिपक तोलांगेले तयार पारेको वृत्तचित्र ‘बुद्धिस्ट अल्टर’ देखाइने भएको छ। अनुसन्धान, छायांकन, निर्देशन र सम्पादनको काम गरेका तोलांगेको उक्त वृत्तचित्र संग्रहालयको एसियन सेक्सनमा सेप्टेम्बर १६ मा ‘ओपनिङ’ हुने भएको हो।

जर्मनीबाट मास्टर इन भिजुअल एन्ड मिडिया एन्थ्रोपोलोजी गरेका उनले यसअघि इट्टाभट्टामा काम गर्ने बालबालिकासम्बन्धी वृत्तचित्र ‘डस्ट’ र सुकुम्बासीसम्बन्धी वृत्तचित्र ‘सेल्टर’ अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएका थिए। १६ मिनेट ३५ सेकेन्डको उक्त वृत्तचित्र संग्रहालयको मिडिया सेक्सन र बुद्धिस्ट हाउस अल्टरसँगै टेलिभिजनमा पनि देखाइने तोलांगेले जानकारी दिएका छन्।

‘यस वृत्तचित्रमा नेपालको समग्र परिचय रहेको छ। दृष्यहरूले विदेशीलाई नेपालप्रति आकर्षित गर्नेछ।’ सन् २०१५ मा विद्यार्थी हुँदाको परियोजनामा थप अनुसन्धान गरी यो वृत्तचित्र बनाएको उनको भनाइ छ।

‘नेपालबाट गएकाले नेपाल सेक्सनमा हेर्ने के छ? प्रश्न हुनसक्छ। त्यहाँ नेपाल र तिब्बतको एउटै सेक्सन थियो, नेपालको बढी रहेछ। मूर्तिहरू काठ, ढुंगा र मेटलका। १५, २० फिटभन्दा लामो चौडाइको कपडामा बुद्धको जीवनकथा आदि लेखिएको छ जुन फोल्ड गर्दै हेर्न मिल्छ।’, उनले भने।

२ वटा आकर्षक अल्टर (मन्दिर-स्तुपा) रहेछन्। विस्तृत हेर्दा रातो र पहेंलो पाउडर थियो। नेपालकै मन्दिरबाट चोरेर पो ल्याएका हुन् कि भन्ने शंका तोलांगेलाई भयो। कुरा गर्दा खोजतलास गर्नू भन्ने भयो। त्यसपछि उनले ५ मिनेटको फिल्म बनाएका थिए।

तोलांगेले त्यसलाई प्रदर्शन गरे, बहस भयो। रिसर्च नै गर्नुपर्ने देखियो। प्रमाणित भए अन्तर्राष्ट्रिय नियमअनुसार उक्त सम्पदा नेपाल फिर्ता ल्याउन सकिने प्रावधान रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×