काठमाडौँ - उदय सुब्बाको निर्देशन रहने फिल्म ‘टोनक बैना (सैमी)’ को छायांकन सुरु भएको छ। प्रेमकथामा निर्माण हुन लागेको फिल्मको छायांकन केही दिन अगाडि काठमाडौंंको जर्सिङपौवाबाट सुरु भएको हो। अझै केही दिन फिल्मको छायांकन यहि हुने निर्देशक सुब्बाले जानकारी दिएका छन्।
गौरव पहारी, अर्जुन गुरुङ, बुद्धि तामाङ, अम्बिका राई, प्रितिका शर्मा सुरवीर पण्डित लगायत कलाकारको मुख्य भुमिका रहने फिल्म अम्बिका राईले निर्माण गर्न लागेकी हुन्। माता सुमित्रा फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको छायांकन काठमाडौंपछि, सिन्धुपाल्चोकमा पनि छायांकन हुनेछ।
सुब्बा निर्देशित पछिल्लो फिल्म ‘आकाशे खेती’ केही अगाडि प्रदर्शनका आएको थियो। फिल्मले बक्स अफिसमा व्यवसायिक सफलता भने हात पार्न सकेन।