टोलटोलमा सङ्गठन विस्तार गरौँ : महासचिव पोखरेल

काठमाडौँ - नेकपा (एमाले)का महासचिव शङ्कर पोखरलले सङ्गठनको सामथ्र्य निर्माणका लागि टोलटोलमा सङ्गठन विस्तार गर्न आवश्यक रहेको बताएका छन्।

स्थानीय तह निर्वाचन केन्द्रित आज यहाँ आयोजित पार्टी प्रशिक्षणमा उनले नेपालको कम्युनिष्ट आन्दोलनमा योगदान पुर्याएका सबै शक्ति एमालेमा रहेकाले आगामी निर्वाचन बलियो शक्तिका रूपमा उदाउने दाबी गरे।

महासचिव पोखरेलले भने, “पार्टी विभाजनको मुख्य एजेण्डा एक व्यक्ति, एक पद र एमसिसी रहेकामा आज ती दुवै एजेण्डा सत्ता गठबन्धनमा सामेल पार्टीका नेतृत्वबाटै कति पालना भयो, भएन भन्ने देखिसकिएको छ।”

आगामी निर्वाचनका माध्यमबाट पार्टीको नेतृत्वमा सरकार गठन हुने दाबी गर्दै उनले नेपालको संसदीय प्रणालीमा दलीय अनुशासन उल्लङ्घन गर्ने कार्यबाट राजनीति दिशाविहीन बन्न राजनीतिक निर्वाचनका माध्यमबाट ठिक मार्गमा ल्याइने बताए।

आकाश, जमिन र समुद्रमा पनि नेपालको अधिकार स्थापितका लागि ओली नेतृत्वको सरकारले महत्वपूर्ण काम गरेको दाबी गर्दै महासचिव पोखरेलले आगामी निर्वाचनमा जनताले मूल्याङ्कन गर्ने विश्वास व्यक्त गरे।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×