सुदूरपश्चिम प्रदेश सरकार निर्माणका लागि सत्तागठबन्धनले प्रदेश प्रमुखको दुरुपयाेग गरेपनि नयाँ सरकार गठनमा भने अनिश्चित देखिएकाे छ। प्रदेश प्रमुख नजिर मियालाई सत्ताकाे दवावमा अनिर्णयकाे बन्दी बनाएका संघीय सत्तागठबन्धन दलले सहमति गर्न नसक्दा नयाँ सरकार निर्माण प्रक्रिया अघि बढ्न सकेकाे छैन।
प्रदेश प्रमुखलाई प्रयाेग गरेर नेपाली कांग्रेससहितकाे नयाँ गठबन्धनकाे सरकार बनाउन राेक्न सफल भएका दलहरूले नेकपा एकीकृत समाजवादीलाई भने अझै विश्वास नगरेकाे समाजवादीका एक नेताले बताए।
केन्द्रमा सुदूरपश्चिम प्रदेश सरकारकाे नेतृत्व एकीकृत समाजवादीले गर्ने सहमति गरेपनि आजसम्म प्रदेशमा न त एमालेले निर्णय गरेकाे छ न त नागरिक उन्मुक्ति (नाउपा)ले। जसकारण एकीकृत समाजवादीबाट मुख्यमन्त्रीकाे दावी गर्न तयार रहेका संसदीय दलका नेता दीर्घ साेडारी अन्याेलमा छन्।