काठमाडौँ - बृज ईन्टरनेशनल एजुकेसनल कन्सल्टेन्सीले आज काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच मोडेल, इभेन्ट अर्गनाइजर तथा युवा व्यवसायी अनुजा आचार्यलाई ब्रान्ड एम्बासडर नियुक्त गरेको छ।
कार्यक्रममा गायक तथा समाजसेवी निर्णय श्रेष्ठ , मिडियाकर्मी सुनिल आचार्य, गायक प्रशान्त मिस्ट्, मिस टिन प्राश्ना महर्जन, व्यवसायी अनिल श्रेष्ठ लगायतको उपस्थिती थियो।
उच्च शिक्षा हासिल गर्ने उद्देश्यले बेलायत, अष्टेलिया, अमेरिका, न्युजिल्यान्ड, क्यानडा लगायतका राष्ट्रमा जान चाहने विद्यार्थीहरूलाई लक्षित गरी गुणस्तरीय शैक्षिक परामर्श प्रदान गर्दै आएको बृज कन्सल्टेन्सीका अध्यक्ष तथा सीईओ भुवन गिरीले बताए।
कार्यक्रममा युनिभर्सिटी अफ चेस्टरका प्रतिनिधी होली शेफर्डले युके अध्ययन सम्बन्धी बिद्यार्थीहरुलाई काउन्सेलिङ गरेकी थिइन्। बृज इन्टरनेसनल एजुकेशन कन्सल्टेन्सीले बिगत ६ बर्ष देखी विद्यार्थीहरूलाई टेस्ट प्रिपेसन, एब्रड स्टडी, काउन्सिलिङ र भिजा प्रकृयाका बारेमा व्यवसायिक सेवा प्रदान गरिरहेको छ। बृज इन्टरनेसनल एजुकेशन कन्सल्टेन्सी हाल कमलादी र महाराजगन्जमा रहेको छ।