काठमाडौँ - इटालीको शीर्ष फुटबल लिग सिरी ए च्याम्पियन एसी मिलान क्लब अमेरिकी लगानी रहेको फर्म रेडबर्ड क्यापिटल पार्टनर्सले किन्ने भएको छ। मिलानलाई रेडबर्डले १.३ बिलियन डलरमा किन्न लागेको हो। यस विषयमा दुवै पक्षले प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरिसकेका छन्।
मिलानका अनुसार रेडबर्डको साझेदार अमेरिकी फर्म इलियट व्यवस्थापनले सेप्टेम्बरसम्म इटालियन क्लबको खरिदलाई अन्तिम रूप दिने अपेक्षा गरेको छ।
मिलानले गत महिना ११ वर्षपछि पहिलो पटक सिरी ए उपाधि जितेको थियो। इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलको स्वामित्वमा रहेको फेनवे स्पोर्ट्स ग्रुपमा रेडबर्डको पनि हिस्सेदारी छ।