काठमाडौँ - नेपाली राष्ट्रिय फुटबल टिम शुक्रबार राति कतारमा भएको मैत्रीपूर्ण अभ्यास खेलमा ओमानसँग २–० ले पराजित भएको छ। सुमिहम विन हामद स्टेडियममा भएको खेलमा ओमानका लागि अल मलिकी र इसाम अल सुभीले गोल गरेका थिए।
एसियाकप छनोट तेस्रो चरणको तयारीमा रहेको नेपाल अब कुवेततर्फ लाग्नेछ। कतार बसाईका क्रममा नेपालले यसअघि खेलका दुई मैत्रीपूर्ण अभ्यास खेलमध्ये टिमोर लिस्टेविरुद्ध २–२ र श्रीलंकाविरुद्ध १–१ को बराबरी खेलेको थियो।
छनोटमा नेपाल समूह ए मा रहेको छ। यसमा कुवेत, इन्डोनेयिा र जोर्डन पनि रहेको छ।