काठमाडौँ - फिल्म ‘नाइँ नभन्नु ल’को छैटौं सिरिज पनि बन्ने भएको छ। यसअघिका सिरिज सफल भएपछि फिल्मका निर्माता एवं निर्देशक विकासराज आचार्यले नयाँ सिरिज ल्याउन लागेका हुन्।
यस सिरिजमा दुई नयाँ बाल कलाकारको मुख्य भूमिका हुने भएका छन्। फिल्ममा चर्चित अभिनेता निखिल उप्रेती तथा सञ्चिता लुइँटेलका १० वर्षीय छोरा अथर्व र टिकटकबाट चर्चा कमाएकी आठ वर्षीया बालिका एभेलिना खड्काले अभिनय गर्ने बताइएको छ।
अथर्वलाई फिल्म खेलाउन निर्देशक आचार्यले सञ्चिता र निखिललाई प्रस्ताव गरेका थिए। उनीहरु छोरालाई फिल्म खेलाउन सकरात्मक रहेको बताइएको छ। फिल्मका निर्देशक आचार्यले एभेलिनासँग सम्झौता भइसकेको बताएका छन्। दशैंपछि छायांकनमा जाने यस फिल्ममा अभिनेत्री आँचल शर्मा र आशीर्वाद बराल पनि मुख्य भुमिकामा हुनेछन्।