जनकपुरधाम कार्यपालिका सदस्यमा कांग्रेसका छ र एमालेका दुई जना निर्वाचित

धनुषा - जनकपुर उपमहानगरपालिकाको कार्यपालिका सदस्यको लागि भएको निर्वाचनमा नेपाली कांग्रेसबाट छ र नेकपा एमालेका दुई उम्मेदवार निर्वाचित भएका छन्।

कार्यपालिका सदस्यको लागि भएको निर्वाचनमा कांग्रेसबाट राकेशविक्रम साह र एमालेबाट सन्तोषकुमार महतो र दीपेन्द्रकुमार साह निर्वाचित भएका हुन्। महिला सदस्यमा कांग्रेसका फूलकुमारी देवी, मनिषाकुमारी देवी, सारदा पन्त, शैलकुमारी चौधरी र संजू देवी निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

नगरपालिकामा निर्वाचित भएका महिला सदस्यमध्ये पाँच महिला र बाहिरबाट तीन गरी आठ जनालाई कार्यपालिका सदस्यमा राख्ने प्रावधान रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×