भीमफेदी बस दुर्घटना : मृत्यु हुने २ जनाको सनाखत

मकवानपुर - भीमफेदी गाउँपालिका वडा नम्बर-६ मा बिहिबार भएको यात्रुबाहक मिनी बस दुर्घटना मृत्यु हुनेमध्ये २ जनाको सनाखत भएको छ।

काठमाडौंबाट हेटौंडा आउँदै गरेको बा ३ ख ७८५८ नम्बरको बस जुरिखेतको एघार घुम्तीको ओरालोमा दुर्घटना भएको थियो। घुम्तीमा मोड्ने क्रममा ब्रेक नलागेर करिब ६० मिटर तलको मोडमा बस खसेको थियो।

दुर्घटनामा ७ जनाको मृत्यु थियो भने २६ जना घाइते भएका जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। दुर्घटनामा मृत्यु भएका नुवाकोटका ३५ वर्षीय रघुराज न्यौपाने, बारा झिटकैया –४ का ३३ वर्षीय अन्दुलाहा मिया ठकुराईको सनाखत भएको छ। अन्य ५ जनाको सनाखत हुन बाँकी रहेको र मृतक सबैको शब हेटौंडा अस्पतालमा रहेको छ। मृत्यु भएका न्यौपाने नेपाली सेनामा कार्यरत रहेको बुझिएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा  घाइते भएका ३ जना अवस्था गम्भीर रहेको छ। उनीहरुको हेटौंडा अस्पतालबात थप उपचारका लागि भरतपुर रिफर गरिएको छ। घाइते २३ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ। बसमा ३३ जना सवार रहेको प्रहरीले जनाएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×