भुटानी अगुवा डा राईको निधन

काठमाडौँ - भुटानी नागरिक समाजका अगुवा, मानव अधिकारकर्मी डाक्टर भम्पा राईको निधन भएको छ । दमक–५ मा बस्दै आउनुभएका ७२ वर्षीय राईकोे विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारको क्रममा गएराति  निधन भएको हो ।

डा राई भुटानी शरणार्थी स्वदेश फिर्ती समितिका संयोजक थीए । राई पेटसम्बन्धी समस्याबाट लामो समयदेखि पीडित थीए । शनिबार दिउँसो मुटुको चालमा समस्या भएपछि उपचारका लागि उनलाई विराटनगरस्थित नोबल अस्पतालमा उपचारका लागि लगिएको आफन्त ईन्द्र कुँवरले बताए ।

डा राईको शव आजै कमल–५ सीतापुरी उत्तरमा रहेको समाधिस्थलमा अन्त्येष्टि गरिने उहाँले बताए । राई भुटानी राजाका कन्सलेन्टेन्ट सर्जनको रुपमा काम गर्थे । सन् १९९१ मा भुटानबाट नेपाली भाषीलाई लखेटिएपछि उहाँ आफ्नै इच्छाले नेपाल आएका थिए । राईकी श्रीमती र बुबा–आमासहित नेपाल आउनुभएको थियो । आमा विष्णुमायाको २०५४ सालमा र बुबा आइतराजको २०६४ सालमा निधन भएको थियो ।

दुई वर्षअघि उनकी श्रीमती उर्मिलाको पनि निधन भएपछि डा राई डेरामा एक्लै बस्दै आएकी थिइ । गत जेठदेखि उनलाई नगरपालिकाले सम्मानस्वरुप दमकमा आजीवन बस्नेको व्यवस्था गरिदिएको थियो । सन् १९९० अघि एक लाख बढी भुटानीसगैँ शरणर्थी शिविर प्रवेश गरेका डा राईले शरणार्थीको निःशुल्क उपचार गर्दै आएका थिए  । 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×