सगरमाथा जाने बाटो देखाइएको बलिउड गीत सार्वजनिक

काठमाडौँ - नेपालमा छायांकन भएको बलिउड फिल्म ‘उचाइ’को ‘अरे ओ अंकल’ बोलको गीत सार्वजनिक भएको छ। अमित त्रिवेदीको संगीत र इर्साद कमिलको शब्द रहेको गीतमा दिव्य कुमार र देवेन्द्रर पालले स्वर दिएका छन्।

गीतको भिडियोमा अमिताभ बच्चन, अनुपम खेर र बमन इरानी देखिएका छन्। भिडियोमा उनीहरू नेपाल आउनका लागि तयारी गरेको र एभरेष्ट बेस क्याम्पसम्म पुगेका दृश्यहरू देखिएको छ।

नेपालको सोलुखुम्बु र मुस्ताङमा करिब १ महिनाभन्दा लामो समय छायांकन भएको फिल्म यी चारका अलावा परिनीति चोपडा, नीना गुप्ता लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×