सुनसरी । नेपाली कांग्रेस रामधुनी नगर कार्यसमितिको दोश्रो बैठकले कार्यसमिति विस्तार गरेको छ ।
नगर सभापति सुदीप अधिकारीको सभपतित्वमा बुधबार (आज) बसेको दोश्रो बैठकले कोषाध्यक्षमा क्षेत्रीय प्रतिनिधि महिलाबाट सीता ढुङ्गेल फुँयाललाई चयन गरिएको छ ।
त्यस्तै, नेपाली काङ्ग्रेसको विधानको धारा ६५ अनुरूप सभापति दोस्रो मत ल्याउने उम्मेदवारलाई सदस्यमा मनोनित गर्न नगरकार्य समितिले पाउने भएकाले सगेन चौधरीलाई नगर सदस्यमा मनोनित गरिएको छ ।
नगरदेखि टोलसम्म समिति विस्तार गर्न लगिएकाले नगरमा विद्यमान व्यवस्था गरे अनुरुप विस्तार गरिएको सभापति सुदिप अधिकारीले बताए। अबको केही समयमा नगर तथा पार्टी कार्यालय नभएको वडामा पार्टी कार्यालय विस्तारसँगै समिति गठनमा नगर कार्यसमिति लागि परेको उनले बताए ।
चुनावी अभियानलाई लक्षित गरेर विभिन्न राजनीतिक गतिविधिहरूमा सकृयता देखाउन रामधुनी नगर कार्य समिति लागि परेको हो । स्थानीय तहको चुनाव नेपाली कांग्रेसलाई कसरी सबै स्थानमा विजय गराउने भनेर नगर कार्यसमिति केन्द्रित भएर काम गर्न शुरू भएकाे बताइएकाे छ ।