नायिका विनिता बरालको प्रश्न : 'कसरी जोगाउने यि नानीहरुलाई?'

काठमाडौँ। अभिनेता पल शाह हाल तनहुँ जिल्ला प्रहरी कार्यालयमा एक नाबालिगले जबर्जस्ती करणीको मुद्धाको जाहेरी दिएपछि न्यायिक हिरासतमा छन्। तनहुँ जिल्ला अदालतले उनलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश समेत दिएको छ।

अनुसन्धानलाई नै असर पुग्नेगरि अहिले तनहुँ प्रहरी कार्यालय अगाडि पलको पक्षमा नारा-जुलुस समेत भइरहेको छ। त्यसैगरि, कतिपय सामाजिक सञ्जाल र सञ्चारमाध्यममा विभिन्न तर्क दिएर पलको पक्षमा उभिएका छन्। कतिले त ति नाबालिग गायिकालाई नै दोषी ठहर्याएका छन्।

नेपाली सिने जगतका केहि व्यक्तिहरू पलको बचाउ गरिरहेका छन् भने केहि व्यक्ति पिडितले न्याय पाउनु पर्ने भन्दै न्यायको पक्षमा उभिएका छन्। यसैबिच हाल अमेरिका रहेकी अभिनेत्री विनिता बरालले पनि आफ्नो अभिव्यक्ति दिएकी छिन्। सञ्जालमा उनले लेखेकी छिन् " लाग्छ, म पनि सधैँ उस्तै त्रासमा बाँच्ने दुईवटा छोरीहरुकी आमा हुँदैछु। कसरी जोगाउने यि नानीहरुलाई? कस्तो शिक्षा दिए यिनीहरुले आफुलाई बचाउन सक्नेछन? कुन क्षेत्रमा कर्म गर्न पठाए आफुलाई जतन राख्न सक्लान? वा कुन कुनामा सिमित राख्न सके त्यो ललाई फकाई गर्ने छोरो मान्छेको नजरमा नपर्लान?"
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×