साफ यू १७ को दोस्रो सेमिफाइनलमा नेपाल र श्रीलंका भिड्दै

काठमाडौँ - साफ यू १७ पुरुष च्याम्पियनसीपको आज हुने दोस्रो सेमिफाइनल खेलमा नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। श्रीलंकाको कोलम्बोमा बेलुकी सवा ८ बजेबाट खेल सुरु हुनेछ।

नेपाल प्रतियोगिताको समूह 'बी' मा भारत र भुटानलाई हराउँदै समूह विजेता बनेर सेमिफाइनल प्रवेश गरेको थियो। नेपालले भुटानसँग २-१ र भारतसँग ३-१ गोलले जित निकालेको थियो। श्रीलंका समूह 'ए' को उपविजेता बन्दै सेमिफाइनलको यात्रा तय गरेको हो।

त्यसअघि पहिलो सेमिफाइनलमा भारत र बंगलादेश पौने २ बजेबाट भिड्दैछन्। बंगलादेश समूह 'ए' को विजेता हो भने भारत समूह 'बी' को उपविजेता हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×