नक्कली लाइसेन्स पत्ता लगाउने प्रविधि (मोबाइल एप) निर्माण

काठमाडौँ - यातायात व्यवस्था विभागले सडकमै नक्कली सवारी चालक अनुमति पत्र पहिचान गर्न सक्ने प्रविधिको विकास गरेको छ। यसकालागि उनीहरुले मोबाइल एपको निर्माण गरेका छन्।

अधिकारीहरुका अनुसार उक्त मोबाइल एपको प्रयोगबाट ट्राफिक प्रहरीले नक्कली अनुमति पत्र बोकेर सवारी हाँक्नेहरूलाई तत्काल कारबाही गर्न सक्ने छन्।

उक्त एपले विशेष गरी परीक्षणकालीन सवारी चालक अनुमति पत्र बोक्नेहरूलाई नियमन गर्छ। क्यूआर कोडलाई एपमार्फत् स्क्यान गरेर लाइसेन्स सक्कली हो या नक्कली सडकमै पत्ता लगाउन सकिन्छ। यस एपलाई विभागले नै निर्माण गरेको हो अधिकारीहरुले बताएका छन्।

विशेष गरि यो एप परीक्षणकालिन लाइसेन्सका लागि विकसित भएको बताइएको छ। हाल सवारी चालक अनुमति पत्रको परीक्षामा उत्तीर्ण भएकाहरूलाई एक वर्ष समयावधि भएको फरक खालको परीक्षणकालीन लाइसेन्स दिइन थालिएको छ। यदि लाइसेन्स धनीले परीक्षणकालिन लाइसेनसको अवधि (१ वर्ष) भित्र पाँच पटक भन्दा बढी ट्राफिक नियम उलङ्घन गरे वा कारवाहिमा परेमा स्वतः लाइसेन्स खारेज हुने व्यवस्था गरिएको छ। पुनः परीक्षा दिएर उत्तीर्ण भए दोहोराएर परीक्षणकालीन अनुमति पत्र नै दिइन्छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×