काठमाडौँ - सेल्टर आश्रय नेपालले केन्द्रीय कारागारमा रहेका कैदी बन्दीलाई फुटबल प्रशिक्षण दिने भएको छ।
सेल्टर आश्रय नेपालले अखिल नेपाल फुटबल संघ एन्फा र एशियाली फुटबल महासंघ फुटबल एएफसीको सहयोगमा ४८ कैदीबन्दीलाई फुटबल खेलाडीको प्रशिक्षण तथा समान ३२ जनालाई प्रशिक्षक र रेफ्री प्रशिक्षण दिने छ। महिला सेलमा रहेका कैदी बन्दीले मात्र रेफ्रीको तालिम पाउने भएका छन्।
यस सम्बन्धी सम्झौतामा सेल्टर आश्रय र अखिल नेपाल फुटबल संघ एन्फाबीच सम्झौता भएको छ। सेल्टर नेपालले यसअघि सडक बालबालिकाका लागि फुटबल कार्यक्रम सञ्चालन गरेको थियो।
सम्झौता समारोहमा सेल्टर आश्रयकी अध्यक्ष खुस्बु ओलीले जेल सजाय भुक्तान गरेका कैदीबन्दी पुन गलत बाटोमा नजाउनु र उनीहरुमा सामाजिक कार्य तथा देशप्रति योगदान गर्ने भावना जगाउन प्रशिक्षण दिन लागिएको बताएकी छिन्।