काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा वैठक आज (बुधबार) बिहान ११ बजे बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने पौडेलले बताएका छन् । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउन माग गर्दै कांग्रेसले संसद अवरूद्ध गर्दै आइरहेको छ । तर, सभामुख देवराज घिमिरेले विपक्षी दलहरूको अवरोधबीच संसद बैठक अघि बढाएपछि कांग्रेस सरकारसँग थप रुष्ट बनेको छ ।