नाटक निर्देशनमा पुनरागमन गर्दै दयाहाङ राई

काठमाडौँ - अभिनेता दयाहाङ राई लामो समयपछि नाटक निर्देशनमा पुनरागमन गर्दैछन्। मण्डला नाटक समूहले विज्ञप्ति जारी गर्दै दयाहाङले ‘कुभिण्डोको कथा’ नाटक निर्देशन गर्न लागेको जानकारी दिएको हो।

५ महिने नाटक लेखन परियोजना २०२२ बाट छनोट भएको उक्त नाटक सुदूरपश्चिम प्रदेशका नाटककार प्रनिश मगरद्वारा लिखित लोककथामा आधारित छ। यो नाटकलाई मंसिर ९ गतेदेखि १७ गतेसम्म आयोजना हुने दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको समापन समारोहमा समेत प्रियिमर गरिने भएको छ। दयाहाङले निर्देशन गर्ने नाटकको सहनिर्देशकमा विकास जोशी हुनेछन्।

यो नाटकका लागि अडिसनमार्फत कलाकारहरु छानिने मण्डला नाटकघरकी अध्यक्ष तथा अभिनेत्री सिर्जना सुब्बाले जनाएकी छिन्।

मण्डलाका अनुसार नाटक लेखन परियोजना २०२२ बाट ‘कुभिण्डोको कथा’सहित सन्दीप श्रेष्ठको ‘चन्द्रलाई कसले मार्‍यो’, सुरज यादवको ‘बहुरिया’, समृद्धि नेपालको ‘उनालोम’, प्रदीप ढुंगानाको ‘नवुदर्गा’ र भूमिका चौधरीको ‘माघुरामको माघी’, हीरा बिजुली नेपालीको ‘कमरेड ऐलानी’ छानिएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×