एजेन्सी। युक्रेनबाट निकालिएका चिनियाँ नागरिक बोकेका दुईवटा अस्थायी उडान बिहीबार सकुशल चीन आइपुगेका छन्। बिहान ८:०२ मा पहिलो उडान पूर्वी चीनको झेजियाङ प्रान्तको हाङझाउमा र दोस्रो उडान ११:१२ बजे पूर्वी चीनको शानडोङ प्रान्तको जिनानमा आइपुगेको जनाइएको छ। यसअघि युक्रेनबाट चिनियाँ नागरिकहरूलाई फिर्ता लैजाने सात अस्थायी उडानहरू पहिले चीन पुगिसकेका छन् ।