लगातार वृद्धि: आज सुन–चाँदी कति पुग्यो?

काठमाडौँ। अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता र मागमा आएको परिवर्तनसँगै नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर बढ्ने क्रम जारी छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५४ हजार १०० रुपैयाँ पुगेको छ।

यस्तै, चाँदीको मूल्य पनि बढेर आज प्रतितोला ३ हजार ६५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

अघिल्लो दिन अर्थात् मङ्गलबार सुनको मूल्य रु २ लाख ५३ हजार ३००, र चाँदी रु ३ हजार ५४५ मा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा पनि मूल्य वृद्धि देखिएको छ। आज एक औँस सुन ४,२२६ अमेरिकी डलर तथा चाँदी ५९ डलर मा कारोबार भइरहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×