कैदीबन्दीलाई शैक्षिक सामग्री

झापा - झापा कारागारका कैदीबन्दीलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ। जिल्ला समन्वय समितिको पहलमा उनीहरुलाई शैक्षिक सामग्री उपलब्ध गराइएको हो।

उक्त सामग्री जिसस प्रमुख सोमनाथ पोर्तेल, प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, जिल्ला शिक्षा तथा समन्वय एकाइ समितिका प्रमुख राजकुमार विश्वकर्मालगायतले हस्तान्तरण गरे। कैदीबन्दीलाई साक्षर बनाउने उद्देश्यले सो सामग्री हस्तान्तरण गरिएको जिसस प्रमुख पोर्तेलले बताए।

प्रजिअ रिजालले कैदीबन्दीको बाँकी समय त्यसै खेर फाल्नबाट जोगाउन सामग्री उपलब्ध गराएको बताए। कारागारमा हाल एक हजार ३०० भन्दा बढी कैदीबन्दी छन्। उनीहरुमध्ये झण्डै ४०० जना निरक्षर रहेको बन्दी पुस्कालयका सचिव रमेश पोखरेलले जानकारी दिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×