काठमाडौँ - नेपाली मिडफिल्डर रोहित चन्द इन्डोनसियन लिग वान क्लब पर्सिक कदिरी एफसीमा अनुबन्धित भएका छन्। पर्सिकले आइतबार सामाजिक सञ्जाल फेसबुकबाट रोहितलाई अनुबन्ध गरिएको जानकारि दिएकाे छ।
३० वर्षीय रोहित लिग वान क्लब पर्सिजा जाकर्ताबाटै अर्काे लिग वान क्लब पर्सिकमा अनुबन्ध भएका हुन्। सम्झौता रकम र अवधि भने बताइएको छैन। इन्डोनेसियामा रोहितको यो तेस्रो क्लब हो। रोहितले पर्सिजाबाट खेल्नुअघि पीएसपीएस पेकानबारु बाट लिग खेलिसकेका छन्।
पर्सिजाले फुकुवा गरेको २४ घन्टा नबित्दै पर्सिकले रोहितलाईआबद्ध गरेको हो। पर्सिजाले शनिबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत रोहितसँगको सम्झौता सकिएको र क्लबबाट अलग भएको घोषणा गरेको थियो।
सन् २०१७ मा पर्सिजामा आबद्ध भएका रोहितले त्यहाँबाट पाँच सिजन लिग २०१८ मा लिग वानसहित चार उपाधि जितेका छन्। उनले त्यतिबेला लिग वानकै सर्वाेत्कृष्ट खेलाडी चुनिदै गोल्डेन बल जितेका थिए।