सिनेमाघर खोल्न सरकारलाई आग्रह

काठमाडौँ। कोरोना महामारी बढेपछी गत माघ ३ गतेबाट सिनेमाघरहरु बन्द भएका थिए। यसैबिच यहि फागुन १ गतेबाट सिनेमाघर खोल्न कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले आग्रह गरेको छ। यसको लागि आइतबार सीसीएमसीसीको बैठक बसेको थियो। स्वास्थ्य सुरक्षाको बिशेष प्रावधान सहित सिनेमाघर खोल्न सरकारलाई आग्रह गरेको सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले बताएकी छिन्।
 
बैठकले फागुन १ गतेदेखि स्वास्थ्य सुरक्षाको ध्यान राखेर सिनेमाघर तथा जिमखाना, फुटसल, रात्रिकालिन व्यवसायहरू दोहोरी, डान्सबार, क्लब आदि सञ्चालनका लागि पनि सरकारलाई निवेदन गरेको छ। यसको लागि यहि हप्ता साता मन्त्रिपरिषद्को बस्ने बैठकले यो कुरामा विशेष ध्यान दिने सम्भावना रहेको छ।
 
कोरोना महामारी बढेपछी सरकारले गत माघ ३ गतेबाट अनिश्चितकालका लागि सिनेमाघर बन्द गर्ने निर्णय लिएको थियो। सिनेमाघर खुलेसँगै निर्माता अर्जुन कुमारको चलचित्र ‘चपली हाइट ३’ पुन: प्रदर्शनमा आउने सम्भावना रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×