राष्ट्रियसभामा बजेटबारे सैद्धान्तिक छलफल सुरु

काठमाडौँ - राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफल सुरु भएको छ।

अर्थमन्त्री जनार्दन शर्माले सो बजेटबारे सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेपछि छलफल सुरु भएको हो। बजेटमाथिको सैद्धान्तिक छलफल र त्यसमा उठेका प्रश्नका जवाफका लागि सभाअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यही जेठ १७ र १८ गतेको समय तोकेका छन् । 

संवैधानिक व्यवस्थानुसार हरेक जेठ १५ गते संसद्मा बजेट प्रस्तुत गरिन्छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×