नेपाल टी-२० लिग ड्राफ्टबाट खेलाडी छनोट गरिने

काठमाडौँ - नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल टी-२० क्रिकेट लिगको पहिलो संस्करणमा खेलाडी छनोटका लागि ‘ड्राफ्ट’ गरिने भएको छ।

खेलाडीबारे टोलीलाई पर्याप्त जानकारी नरहने भएकाले पहिलो संस्करणमा ड्राफ्टमार्फत खेलाडी छनोट गर्न लागेको हो। लिगका लागि विभिन्न देशका खेलाडीले आफ्नो नाम प्रस्ताव गरिरहेका छन्।

क्यानले प्राप्त लिस्टअनुसार विभिन्न श्रेणीमा खेलाडीको वर्गीकरण गरिरहेको छ। क्यानले खेलाडीको ड्राफ्ट भदौको पहिलो सातामा गर्ने तयारी गरेको छ। एक टोलीमा ११ जना नेपाली खेलाडी रहनेछन्। टोली १६ जनाको बनाउनुपर्नेछ। हरेक टोलीले ५ जना विदेशी खेलाडी भित्र्याउन पाउने प्रावधान रहेको छ।

पहिलो संस्करण ८ असोजदेखि ५ कात्तिकसम्म कीर्तिपुरको मैदानमा हुनेछ। क्यानले प्रतियोगितामा विभिन्न ६ सहरका ६ टोलीको सहभागिता रहने जनाएको  । क्यानले लिगमा सहभागी रहने ४ टोलीको नाम र टिम मालिकको घोषणा गरिसकेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×