काठमाडौँ - सधैं झै दशैं सुरु नहुँदै संगीतकर्मीलाई दशैं लागिरहेको छ। स्टुडियोमा धमाधम दशैंका गीत रेकर्डिङदेखि रिलिज हुने क्रम बढेको छ। यही क्रममा गायिका कल्पना सुनारले नयाँ दशैं गीत ल्याएकी छिन्।
लोक विधामा रहेको ‘दशैं तिहार मनाउनु’ बोलको यस गीतमा घर आउन नपाएका परदेशीको पीडा बोल्छ। गीतमा कल्पनासँगै गायक अर्जुन सापकोटाको पनि स्वर रहेको छ। बाल स्वर भने प्रस्तुति गुरुङको रहेको छ।
सबिन तामाङले लेखेको यस गीतमा मनोहर बस्यालले संगीत भरेका छन्। महेशविक्रम पाण्डेको सम्पादन र निर्देशन रहेको यस गीतको भिडियोमा गायक-गायिका स्वयंले अभिनय गरेका छन्।