च्याम्पियन्स लिग : एम्बाप्पे र मेस्सीको समान दुई गोलको योगदानमा पीएसजीको सानदार जित

काठमाडौँ। च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति सम्पन्न खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले क्लब ब्रगमाथि ४-१ गोलअन्तरको सानदार जित जित हासिल गरेको छ। केलियन एम्बाप्पे र लियोनेल मेस्सीले समान दुई गोलको योगदान गरेपछि पीएसजीले जित हात परेको हो ।

पीएसजीले यो जितअघि नै लिगको अन्तिम १६ मा स्थान बनाइसकेको थियो। समूह चरणको अन्तिम खेलमा पनि उसले सहज जित निकाल्यो। जितका लागि एम्बाप्पेले दुवै गोल खेलका पहिलो सात मिनेटभित्रै गरेका थिए। साथै फ्रेन्च फरवार्ड  एम्बाप्पे च्याम्पियन्स लिगमा ३० गोल गर्ने सबैभन्दा युवा खेलाडी बनेका छन्। उनले समूह चरणको अन्तिम खेलमा क्लब ब्रुगविरुद्ध दुई गोल गर्दै च्याम्पियन्स लिगमा ३० गोल पुर्याएका हुन्।

एम्बाप्पेले खेलको दोस्रो र सातौं मिनेटमा गोल गरे। यता मेस्सीले भने ३८ औं र ७६ औं मिनेटमा गोल गरेका थिए। पाहुना टिम क्लब ब्रुगका म्यट्स रिट्सले भने खेलको ६८ औं मिनेटमा गोल गरेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×