टस जितेर बलिङ गर्दै इङ्ल्यान्ड, ३५ वर्षपछि तीव्र गतिका बलर भारतकाे नेतृत्व गर्दै

काठमाडौँ - भारतसँगको पाँचौँ तथा अन्तिम टेस्टमा इङ्ल्यान्डले पहिला बलिङ गर्दैछ। बर्मिङघममा टस जितेर इङ्ल्यान्डले बलिङ रोजेको हो।

भारतको कप्तानी जसप्रित बुमराहले गर्दैछन्। योसँगै कप्तानीमा बुमराहको डेब्यु हुनेछ। नियमित कप्तान रोहित शर्मालाई कोरोना सङ्क्रमण देखिएपछि तीव्र गतिका बलरले टिमको नेतृत्व गर्न लागेका हुन्। ३५ वर्षपछि पहिलाे पटक भारतीय टिमकाे नेतृत्व तीव्र गतिका बलरले गर्न लागेकाे हुन्। यसअघि सन् सन् १९८७ मा कपिल देवले भारतीय टिमको नेतृत्व गरेका थिए। 

पाँच खेलकाे शृङ्खलामा भारत २-१ ले अगाडी रहेको छ।

गएको वर्ष इङ्ल्यान्ड र भारतबीचको टेस्ट शृङ्खला भइरहेको बेला भारतीय टोलीका सदस्यमा कोरोना सङ्क्रमण देखिएपछि खेल स्थगित भएकोको थियो। त्यति बेला बाँकी रहेको १ खेल खेल्न भारत इङ्ल्यान्ड भ्रमणमा रहेको छ। भ्रमणकै क्रममा ३ खेलको टी-२० र ३ खेलको एकदिवसीय शृङ्खला पनि हुने भएको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×