पाकिस्तान सडक दुर्घटनामा दशजनाको ज्यान गयो

एजेन्सी - पाकिस्तानको उत्तरपश्चिमी खैबर पाख्तुनख्वा प्रान्तमा पिकअप भ्यान खाल्डोमा खस्दा १० जनाको मृत्यु हुनाका साथै अन्य छ जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ ।

स्थानीय सञ्चारमाध्यम र अधिकारीहरूका अनुसार खैबर पाख्तुनख्वा प्रान्तको स्वात जिल्लाको गबिन जब्बाको पर्यटकीय क्षेत्र नजिकै सडकबाट भ्यान खस्दा उनीहरूको ज्यान गएको हो ।

चालकले गाडीमाथि नियन्त्रण गुमाएका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।दुर्घटनास्थलमा उद्धार टोली र स्थानीय स्वयंसेवकहरू घटनास्थलमा पुगेका तथा शव र घाइतेहरूको व्यवस्थापन गरिएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×