छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

धनुषा - धनुषाको छुट्टाछुट्टै स्थानमा आज भएको घटनामा दुई जनाको मृत्यु भएको छ। पोखरीमा डुबेर धनुषाको जनकपुरधाम उपमहानगरपालिका–११ निवासी १२ वर्षीय कर्णकुमार दासको मृत्यु भएको प्रहरीले जनाएको छ।

स्थानीय पोखरीमा दासलाई डुबिरहेको देखेपछि स्थानीयवासीले उद्धार गरी प्रादेशिक अस्पताल जनकपुरमा लैजाँदै गर्दा दासको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । त्यस्तै करेन्ट लागेर धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–६ वैरिया निवासी २६ वर्षीय ललित यादवको भएको छ।

आफ्नै घरमा जडान गरेको मोटरको पानीले भैँसीलाई नुहाउने क्रममा मोटरबाट करेन्ट लागि घाइते भएका यादवलाई उपचारका लागि जनकपुरधामस्थित जानकी हेल्थकेयर ल्याएकामा चिकित्सकले मृत घोषणा गरेको धनुषाले प्रहरीले जनाएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×