‘वनकरियाको माग राज्यले पूरा गर्न सक्छ’

मकवानपुर - बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले नेपालभरमध्ये मकवानपुरमा मात्र रहेको वनकरिया समुदायको माग राज्यले पूरा गर्न सक्ने बताएका छन्।

वनकरिया समुदायमा प्रदेश सुशासन केन्द्रले आयोजना गरेको स्थानीय तहहरुका लागि लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण रणनीति तालिममा उनले वनकरियाको गाँस, बास र कपासको जिम्मा राज्यको रहेको र त्यसमा पनि अति लोपोन्मुख जातिका रूपमा रहेको यस समुदायको माग सम्बोधन गर्नुपर्ने प्रमुख शर्माको भनाइ छ।

वनकरिया बस्तीको जिम्मा प्रदेश सरकारले लिन्छ : मुख्यमन्त्री पाण्डे
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सीमान्तकृत एवं लोपोन्मुख वनकरियाको बसोबासको जिम्मा प्रदेश सरकारले लिने बताएका छन्। मकवानपुरको मनहरि गाउँपालिकामा रहेको वनकरिया बस्तीमा पुगेर उनले वनकरियाको समस्या समाधान गर्नेमा प्रदेश सरकार गम्भीर रहेको बताए।

मुख्यमन्त्री पाण्डेले पर्सा वन्यजन्तु आरक्षको क्षेत्राधिकारभित्र रहेको वनको क्षेत्रमा बसोबास गर्दै आइरहेको उक्त बस्तीलाई प्रदेश सरकारले शिक्षा र स्वास्थ्यको पूर्वाधार निर्माणसहितको बस्ती बनाएर स्थानान्तरण गर्ने आश्वासन दिए।

उनले वनकरिया बस्ती नजिकै रहेको विपन्न चेपाङ बस्तीसहित बस्ती स्थानान्तरण गरिने बताए। आफ्नो समस्या सम्बन्धित निकायमा भन्नलाई समेत शिक्षाको आवश्यकता पर्ने जनाउँदै आफ्ना छोराछोरीलाई नियमित विद्यालय पठाउन अनुरोध गरे।

वनकरिया समुदायकी मुखिया सन्तमाया वनकरियाले आफूहरूको मुख्य समस्या भनेको जग्गाको रहेको बताइन्। उनले शिक्षा र स्वास्थ्यमा पनि ध्यान दिन मुख्यमन्त्रीको ध्यानाकर्षण गराइन्। मनहरि गाउँपालिका उपाध्यक्ष मनिला विष्टले वनकरिया समुदायका लागि पालिकाले प्राविधिक शिक्षामा छात्रवृत्ति र निःशुल्क स्वास्थ्य बीमा गरिदिने जानकारी गराइन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×