जाजरकोटमा भएको बस दुर्घटनामा पाँच जनाको मृत्यु, २७ जना घाइते

काठमाडौं । जाजरकोटमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । 

आज बिहान भएको बस दुर्घटनामा २७ जना घाइते भएको जाजरकोटका डीएसपी मधुकुमार थापाले जानकारी दिनुभयो । घाइते सबैको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ।

नेपालगन्जदेखि जाजरकोटको रिडीबजार जाँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्रि बस राति साढे २ बजेतिर कुदु बराह चौक नजिक दुर्घटना भएको हो। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×