कोरोना संक्रमित माओवादी अध्यक्ष दाहालको स्वास्थ्यमा सुधार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको स्वास्थ्य अवस्थामा सुधार आएको छ ।

दाहालको सचिवालयमा समेत रहेकी उहाँकी पुत्री गंगा दाहालले बुवाको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले कोभिड–१९ कुनै लक्षण नभएको जानकारी दिएका हुन् ।

चिकित्सकको सल्लाह अनुसार अबको दुई दिनमा पीसीआर परीक्षण गर्ने र नेगेटिभ नदेखिएसम्म आइसोलेसनमै बस्ने उनले बताए ।

माओवादी केन्द्रको सम्मेलन सकिएको केही दिनमा केही नेताहरुसँगै अध्यक्ष दाहालमा कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि उनी होम आइसोलेसनमा रहेका छन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×