विराटनगर– विराटनगरको नोबेल शिक्षण अस्पताल कार्यरत चिकित्सक विजय यादव शनिबार बिहान मृत फेला परेका छन्।
अस्पताल नजिकै डेरा बसेको घरको कम्पाउण्डभित्र बिहान यादव मृत फेला परेको प्रहरीले जनाएको छ।
सप्तरीको विष्णुपुर गाउँपालिका–१ घर भएका करिब २७ वर्षीय यादव विगत ४ वर्षदेखि विराटनगर–४ स्थित प्रेम बस्नेतको घरको दोस्रो तलाको कोठा भाडामा लिएर डेरा बस्दै आएको खुलेको प्रहरीले जनाएको छ।
घोप्टो परेको र नाक तथा मुखबाट रगत बगिरहेको अवस्थामा डेरा बसेको कोठाबाट मुनिको भुइँमा उनको शव भेटिएको थियो।
यादव ४ वर्षअघिदेखि मेडिकल अफिसरका रुपमा नोबेलको हाडजोर्नी तथा नशा रोग विभागमा कार्यरत थिए।