हुम्लामा एक म्यादी प्रहरीको मृत्यु

हुम्ला - हुम्ला सदरमुकामको सिमीकोटमा एक जना म्यादी प्रहरीको मृत्यु भएको हुम्ला प्रहरीले जनाएको छ। मृत्यु हुनेमा सर्केगाड गाउँपालिका– ६ घर भई हाल सिमीकोटमा रहेका अन्दाजी ४५ वर्षिय जस बहादुर रोकाया रहेका छन्।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक कृष्ण राज ओझाका अनुसार सदरमुकामको माथिल्लो बजारमा आफ्नै साथीको कोठाका उनको मृत्यु भएको हो। साथीको कोठामा झ्याल ढोका बन्द गरेर मृत्यु भएको अवस्थामा उनको शव भेटिएको हो,’ ओझाले भने, ‘अहिलेसम्म मृत्युको कारण खुल्न सकिरहेको छैन।’ घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×