फरक लुक्समा अभिनेता शाहरुख खान

भारत। बलिउड अभिनेता शाहरुख खानको बहुप्रतिक्षित चलचित्र 'पठान'सँग सम्बन्धित अहिलेसम्म कुनै आधिकारिक जानकारी बाहिर नआएतापनि अभिनेताले हालै एक विज्ञापनमार्फत आफ्ना प्रशंसकहरुलाई चकित पारेका छन्। सो विज्ञापनमा शाहरुख खानको एक्सन अवतार देख्न सकिन्छ। सो विज्ञापनले सामाजिक सञ्जालमा तहल्का मच्चाएको छ। विज्ञापनमा अभिनेता लामो कपाल र दाह्रीमा देखिएका छन्। 

उनको यो लुक्स सिद्धार्थ आनंदको आउँदो चलचित्रसँग मिल्दोजुल्दो छ। यहि चलचित्रबाट शाहरुख करिब ३ वर्षपछी बलिउडमा फर्किदैछन्। सो विज्ञापनको भिडियो शाहरुखले आफ्नो सामाजिक सञ्जाल खाताबाट शेयर गरेका छन्। भिडियो शेयर गर्दै उनले लेखेका छन् " नाम त सुन्नु भएकै होला मेरो ज्यान? यसलाई नरम होइन तुफान भनिन्छ।"
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×