काठमाडाैँ - करङको चोटका कारण चेन्नई सुपर किंग्सका अलराउन्डर रविन्द्र जडेजाले इन्डियन प्रिमियर लिग (आईपीएल)को यस सिजनका बाँकी खेल गुमाउने भएका छन्।
सिजनको मध्यमा चेन्नईको कप्तानी त्यागेका जडेजा रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्धको खेलमा क्याच लिने क्रममा घाइते भएका थिए। जडेजाले त्यो खेल पूरा खेलेका थिए। तर, दिल्ली क्यापिटल्सविरुद्धको खेलमा उनी बेन्चमा बस्न बाध्य भए।
चेन्नईका सीईओ काशी विश्वनाथनले भने,‘उहाँलाई करङमा चोट लागेको छ र अहिले चिकित्सकको सल्लाह अनुसार आरामको आवश्यकता छ। त्यसैले उहाँलाई आईपीएलबाट बाहिर राख्ने निर्णय गरिएको छ।