चुनावमा वामपन्थी पार्टीमा माओवादी पहिलो हुन्छ : मन्त्री पौडेल

बागलुङ - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आगामी निर्वाचनमा माओवादी वामपन्थी शक्तिमा पहिलो पार्टी हुने बताएका छन्।

नेकपा (माओवादी केन्द्र) ढोरपाटन, निसी र तमानखोलाले आज आयोजना गरेको राजनीतिक एवं वैचारिक प्रशिक्षणमा मन्त्री पौडेलले आगामी निर्वाचनमा वामपन्थी शक्तिमा माओवादी पहिलो हुने बताए। उनले त्याग, तपस्या र जनताका लागि दुःख गरेको पार्टी माओवादी भएकाले प्रतिक्रियावादीले भ्रम फैलाइरहेको आरोप लगाए। 

“माओवादी पार्टी अब चुनाव नजित्ने ठाउँमा पुगेको भन्ने प्रचार भइरहेको” मन्त्री पौडेलले भने, “देशीविदेशी शक्तिले चौतर्फी हमला गरिरहेको छ।” पार्टीको महाधिवेशन सम्पन्नपछि पार्टी पुनःनिर्माणको क्रममा रहेको भन्दै आगामी निर्वाचनमा पहिलो वामपन्थी शक्ति हुने बताए। जनक्रान्तिको कार्यभार अझै बाँकी रहेको भन्दै सुशासन र समृद्धि हुँदै समाजवादको यात्रामा रहेको बताए। संविधानको प्रस्तावनामा जनताको मैलिक हकअधिकारको कुरा लेख्ने पार्टी माओवादी भएको भन्दै अहिलेका स्थापित मुद्दाको मार्गचित्रमा माओवादी भएको उल्लेख गरे। 

“हामीले बलिदान, त्याग र तपस्या र आत्मबलिदान नगरेको भए अहिलेको परिर्वतन आउने थिएन”, उनले भने, “माओवादीले प्राप्त गरेको उपलब्धि जीवन्त रहन्छन्। माओवादी पार्टीबाट सरकारको जिम्मा लिनुभएका साथीले धोका दिए।” उनले भने, “वैचारिक बहस थियो तर सरकारमै सहभागी भएर जिम्मेवारी लिएर धोका दिएका कमरेड अहिले माओवादीलाई सराप्दै हिँडेका छन्।”

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×