मेस्सीले ३० मिलियन युरोमा खरिद गरेको हाेटल तत्काल भत्काउन अदालतकाे आदेश

काठमाडौँ।  फुटबल स्टार लियोनल मेस्सीको २६ मिलियन पाउण्ड लगानीमा बनेको चार तारे होटल मिम सिटगेशलाई भत्काउन अदालतले आदेश दिएको छ। अदालतले मापदण्डविपरित होटल बनाएको भन्दै तत्काल भत्काउन आदेश दिएको हो। 

बार्सिलोनाभन्दा ४० किलोमिटर टाढा समुन्द्र किनारमा रहेको ७७ वटा कोठा रहेको यो होटल अर्जेन्टिनी कप्तान मेस्सीले सन् २०१७ मा म्याजेस्टिक होटल समूहसँग ३० मिलियन युरोमा खरिद गरेका थिए। यो होटलमा एउटा रूमको प्रति रात करिब १०५ पाउण्ड खर्च लाग्छ। द सनका अनुसार यो होटेलका बाल्कोनी, फायर प्लानलगायत अन्य संरचना तोकिएको मापदण्ड अनुसार नभएको भन्दै अदालतले भत्काउन आदेश दिएको हो।

मेस्सीले भने होटेलको मापदण्ड गलत भएको आफूलाई खरिद गर्दा थाहा नभएको प्रतिक्रिया दिएका छन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×